नमस्ते ! मेरो नयाँ डिजिटल घरमा स्वागत छ ।

नमस्ते सबैजनालाई!

मेरो नाम पुरन पाण्डेय हो र अन्ततः मैले मेरो आफ्नै डिजिटल ठेगाना puranpandey.com.np सुरु गरेको छु। धेरै समयदेखिको एउटा इच्छा आज एउटा सानो सुरुवातको रूपमा साकार भएको छ।

एउटा नयाँ सुरुवात: हुन त, मैले यो ब्लग खोलेको त धेरै पहिले नै हो, तर यसलाई व्यवस्थित र सिस्टेमेटिक हिसाबले चलाउने सोचका साथ आजबाट बल्ल औपचारिक रूपमा यसको यात्रा फेरि सुरु गरेको छु। धेरै समयदेखिको एउटा इच्छा आज एउटा प्रष्ट योजनाका साथ साकार भएको छ।

म को हुँ ? 

म एक सामान्य व्यक्ति, जसलाई नयाँ कुराहरू सिक्न, प्रविधिसँग अपडेट रहन र आफ्ना वरपरका अनुभवहरूलाई शब्दमा उतार्न मनपर्छ। पेशाले म जे-जस्तो काममा आबद्ध भए पनि, मलाई मेरो विचार र सिकाइहरू अरूसँग बाँड्ने एउटा छुट्टै रहर छ।

यो ब्लग किन ? 

आजको इन्टरनेटको युगमा हामीसँग धेरै कुराहरू हुन्छन् भन्नका लागि, तर आफ्नै एउटा प्लेटफर्म हुनुको मज्जा बेग्लै हुन्छ।  मलाई विशेष गरी प्रविधि, राजनीति, इतिहास, मानव सभ्यता, खगोल विज्ञान र समसामयिक विषयहरूमा गहिरो रुचि छ र आगामी दिनहरूमा म यिनै विषयका वरिपरि रहेर आफ्ना लेख र विचारहरू साझा गर्नेछु।

अन्त्यमा, 

मैले ब्लग लेख्न भर्खरै सुरु गरेको छु, त्यसैले अहिले यो केही अपुरो जस्तो देखिन सक्छ। तर म यसलाई बिस्तारै अझ फराकिलो, जानकारीमूलक र आकर्षक बनाउँदै लैजाने बाचा गर्दछु। मेरो यो सानो डिजिटल कोठामा आइदिनुभएकोमा तपाइँलाई धेरै-धेरै धन्यवाद!

तपाइँका प्रतिक्रिया र सुझावहरू मेरा लागि सधैं मूल्यवान रहनेछन्।

तपाइँको, 

पुरन पाण्डे

Comments