नमस्ते ! मेरो नयाँ डिजिटल घरमा स्वागत छ ।
नमस्ते सबैजनालाई! मेरो नाम पुरन पाण्डेय हो र अन्ततः मैले मेरो आफ्नै डिजिटल ठेगाना puranpandey.com.np सुरु गरेको छु। धेरै समयदेखिको एउटा इच्छा आज एउटा सानो सुरुवातको रूपमा साकार भएको छ। एउटा नयाँ सुरुवात: हुन त, मैले यो ब्लग खोलेको त धेरै पहिले नै हो, तर यसलाई व्यवस्थित र सिस्टेमेटिक हिसाबले चलाउने सोचका साथ आजबाट बल्ल औपचारिक रूपमा यसको यात्रा फेरि सुरु गरेको छु। धेरै समयदेखिको एउटा इच्छा आज एउटा प्रष्ट योजनाका साथ साकार भएको छ। म को हुँ ? म एक सामान्य व्यक्ति, जसलाई नयाँ कुराहरू सिक्न, प्रविधिसँग अपडेट रहन र आफ्ना वरपरका अनुभवहरूलाई शब्दमा उतार्न मनपर्छ। पेशाले म जे-जस्तो काममा आबद्ध भए पनि, मलाई मेरो विचार र सिकाइहरू अरूसँग बाँड्ने एउटा छुट्टै रहर छ। यो ब्लग किन ? आजको इन्टरनेटको युगमा हामीसँग धेरै कुराहरू हुन्छन् भन्नका लागि, तर आफ्नै एउटा प्लेटफर्म हुनुको मज्जा बेग्लै हुन्छ। मलाई विशेष गरी प्रविधि, राजनीति, इतिहास, मानव सभ्यता, खगोल विज्ञान र समसामयिक विषयहरू मा गहिरो रुचि छ र आगामी दिनहरूमा म यिनै विषयका वरिपरि रहेर आफ्ना लेख र विचारहरू साझा गर्नेछु। अन्त्यमा...